Breaking

सल्यानमा जिप दुर्घटना हुँदा भाइको मृत्यु, दाई घाइते


काठमाडौँ — सल्यानमा जिप दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ ।

आज बिहान दारिमचौरबाट श्रीनगरतर्फ जाँदै गरेको भे १ ज ३३६ नम्बरको जिप दुर्घटना हुँदा शारदा नगरपालिका १ दारिमचौरका १७ वर्षीय नारायण वलीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका किशोरको उपचारका क्रममा श्रीनगरस्थित अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । दुर्घटनामा जिपका चालक २१ वर्षका थलराज वली घाइते भएका छन् । उनी मृतक किशोरका दाई हुन् ।