Breaking

नेपालगञ्ज विमानस्थलमा ल्यान्ड गर्न लाग्दा हवाई जहाजमा खरायो ठोक्कियो


काठमाडौँ — नेपालगञ्ज विमानस्थलमा बुद्ध एयरको जहाजमा खरायो ठोक्किएको छ । ल्यान्ड गर्न लागेको बेलामा जहाजमा खरायो ठोक्किएको हो ।

जहाजमा ठोक्किएको खरायो मरेको छ । जहाजमा खरायो ठोक्किएपछि केहीबेर उडान रोकिएकोमा अहिले सुचारु भएको छ ।

काठमाडौँबाट नेपालगञ्ज गएको बुद्ध एयरको जहाज विमानस्थलमा ल्यान्ड गर्ने बेलामा पौने ८ बजे खरायोसँग ठोक्किएको हो । नेपालगञ्ज विमानस्थलमा यसअघि पटक–पटक जहाजमा बँदेल ठोक्किएको थियो । बँदेल ठोक्किने क्रम बढेपछि विमानस्थल कार्यालयले धावनमार्ग नजिकको झाडी सफाइ गरेको थियो । धावनमार्ग नजिक रहेको झाडीमा जंगली जनावर रहेकाले विमानस्थलमा जनावर ठोक्किने जोखिम रहँदै आएको छ ।