Breaking

एमालेको चुनावी तालमेल, यी दलहरुसँग हुन सक्छ गठबन्धन (भिडियोसहित)


काठमाडौँ — स्थानीय तहको निर्वाचन नजिकिसँगै सबै राजनीतिक दल चुनावको तीव्र तयारीमा छन् । सत्ता गठबन्धन तालमेलमा एक कदम अगाडि बढेपछि पहिलो दल बन्ने हुँकार गरिरहेको प्रमुख प्रतिपक्ष दल नेकपा एमाले पनि अन्तत साना दलहरुसँग चुनावी तालमेलको तयारीमा जुटेको छ ।

सत्ताघटक माओवादी केन्द्र र एकीकृत समाजवादी आगामी निर्वाचनमा गठबन्धनको विकल्प नभएको निष्कर्ष सहित कांग्रेससँग हार गुहार नै गरे । अन्तत पार्टीभित्र एक्लै निर्वाचनमा जानुपर्ने आवाज उठे पनि केन्द्रिय समितिमा बहुमतमा रहेका देउवाले चुनावमा गठबन्धन सहित अघि बढ्ने निर्णय गरे । यससँगै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका लागि पाँच दलीय गठबन्धन भारी पर्ने देखिन्छ । अध्यक्ष ओली बोलिमा डर छैन एक्लै निर्वाचनमा जाने हुँकार गरेकै छ । तर गठबन्धन र विभाजनको बाछिटा निर्वाचन ताका नदेखिने कुरै भएन ।

बाहिरा जति नै ढाकछोप गरे पनि एमाले पनि स्थानीय तह निर्वाचनमा चुनावी तालमेलको पर्खाईमा छ । एमाले अहिले स्थानीय तहको आवश्यकताको आधारमा चुनावी तालमेल गर्ने मनस्थितिमा पुगेको छ । तर नेताहरु भने सकेसम्म एमाले एक्लै चुनावमा लड्ने, तर स्थानीय आवश्यकताका आधारमा अघि बढ्न सकिने दाबी गर्छन् ।

आसन्न स्थानीय तहको निर्वाचनमा सत्तारुढ नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाबीच तालमेल हुने भैसकेपछि एमालेसहित प्रतिपक्षमा रहेका दलहरु समेत मिलेर चुनावमा जाने तयारीमा छन् । प्रमुख प्रतिपक्ष नेकपा एमाले र राष्ट्रिय प्रजातान्त्र पार्टी चुनावी तालमेल बारे प्रारम्भिक छलफल सुरु भईसकेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपाका महामन्त्री धवल शमशेर राणाबीच केहीदिन अघि नेपालगन्जमा भएको वार्ताले तालमेल र सहकार्यको सम्भावनालाई अझ सतहमा देखिएको छ । चुनावमा कसरी अगाडि बढ्ने अझै छलफलमै रहेको राप्रपा स्थानीय तहको निर्वाचनमा तालमेललाई निषेध गर्ने पक्षमा छैन ।

२०७४ सालको निर्वाचनमा आफ्नै क्षेत्रमा राप्रपासँग अघोषित रुपमा चुनावी तालमेल गरेको नेकपा एमाले यो आसन्न निर्वाचनमा पनि तालमेलको तयारीमा छ । विपक्षीमा रहेको राप्रपा घटक, सरकारमा जान वार्गेनिङ गरीरहेको लोसपा सहित विवेकशील साझा पार्र्टीका बीच एक–अर्कामा चुनावी तालमेल हुने देखिन्छ । यद्यपि दलहरुले यो विषयलाई सतहमा भने ल्याइसकेका छैनन् ।