Breaking

प्रमको भारत भ्रमण कति सफल कति असफल ? सीमा विवादमा मुख खोल्न चाहेनन् मोदी (भिडियोसहित)


काठमाडौँ — प्रधानमन्त्री शेरबहादु देउवाको तीन दिने भारत भ्रमणले दुई देशबीचको सम्वादको ढोका खुलेको छ । प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिमूलक भएको सरकारले दाबी गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँतको वार्तामा सीमा विवादको विषय उठाएका छन् । स्थापित द्विपक्षीय संयन्त्रमार्फत समस्या समाधान गर्न प्रधानमन्त्री देउवाले पहलकलमी लिएका हुन् । यस विषयमा मोदीले मुख नखोलेपनि भारतीय विदेश सचिव हर्षवर्धन शृंगलाले वार्ताका माध्यमबाट समस्या सम्बोधन गर्ने समझदारी बनेको बताएका छन् । परराष्ट्रमन्त्री डा. नारायण खड्का प्रधानमन्त्री देउवाको भारत भ्रमणमा स्थापित संयन्त्रमार्फत सीमा समस्या कुटनीतिक माध्यमबाट समाधान गर्ने सहमति भएको बताउँछन । भारतसँगको सम्बन्ध थप प्रगाढ भएको र भ्रमणबाट आपसी सहयोग अभिवृद्धि भएको उनको दाबी छ ।

तीन दिने भारत भ्रमणका क्रममा प्रधानमन्त्री देउवा भाजपा मुख्यालय पुगेका थिए । जसलाई कूटनीतिक मर्यादा विपरीत भन्दै विरोध भइरहेको छ । तर, परराष्ट्रमन्त्री खड्काले प्रधानमन्त्रीको रुपमा भन्दा पनि पार्टी सभापतिको रुपमा भाजपा कार्यालय गएको जिकिर गरेका छन् ।

भ्रमणका क्रममा नेपाल–भारतबीच भएका सीमापार रेलसम्बन्धी प्राविधिक सहयोग समझदारीपत्रमा हस्ताक्षर, नेपाल र भारतका आयल निगमबीच पेट्रोलियम पदार्थ आपूर्ति सम्बन्धमा नयाँ सम्झौता र प्राविधिक विज्ञता आदानप्रदान सम्झौता, इन्टरनेसनल सोलार एलायन्समा नेपालको प्रवेशसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । ऊर्जा सहयोगसम्बन्धी ‘नेपाल–भारत संयुक्त दृष्टिकोण–पत्र’ अर्थपूर्ण रहेको जानकारहरू बताउँछन् । नेपालमा दुवै देशको संयुक्त लगानीमा जलविद्युत् आयोजना निर्माण गर्ने, अन्तरदेशीय प्रसारण लाइनको पूर्वाधार बनाउने, ऊर्जा व्यापार बढाउनेजस्ता विषय नेपालको हितमा हुन सक्छ । देउवाको भ्रमणले नेपाल र भारतबीचको तिक्ततापूर्ण सम्बन्धमा सुधार आउने अपेक्षा विज्ञहरूको छ ।

प्रधानमन्त्री देउवाको भारत भ्रमणको क्रममा भएका सहमतिलाई कार्यान्वयनमा निरन्तर पहल हुनुपर्छ । सहमति गर्ने र कार्यान्वयन नहुने विगतबाट पाठ सिक्दै कार्यान्वयनमा जोड दिनुपर्छ । इपिजी प्रतिवेदन लागयतका विषयमा पनि द्विपक्षीय भ्रमण र वार्ताहरूमा कुरा उठाइरहनुपर्छ ।