Breaking

नेपालका लागि भारतका राजदूत विदेश सचिव नियुक्त


काठमाडौँ — नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्रा विदेश सचिव नियुक्त भएका छन् ।

क्वात्राले हालका विदेश सचिव हर्ष श्रृंगलालाई प्रतिस्थापन गर्नेछन् । श्रृंगलाले अप्रिल ३० देखि भारतीय विदेश सेवाबाट अनिवार्य अवकाश पाउँदैछन् ।

प्रधानमन्त्री शेरबहादुर देउबाको भारत भ्रमण सकिएको भोलीपल्ट नेपालस्थित भारतीय राजदुत क्वात्रा बिदेश सचिवमा नियुक्त भएका हुन । क्वात्रा जनवरी ३०, २०२० मा नेपालका लागि भारतीय राजदूत नियुक्त भएका थिए ।

भारतीय मन्त्रिपरिषद अन्तर्गतको नियुक्ती समितीले क्वात्रालाई सोमबार विदेश सचिव नियुक्त गरेको हो। उनी नेपाल आउनुअघि फ्रान्सका लागि भारतीय राजदूत थिए । क्वात्रा सन् १९८८ मा विदेश सेवामा प्रवेश गरेका थिए ।