देश

भरतपुर महानगरपालिकाको मेयर पद नछाड्ने कांग्रेसको निर्णय


काठमाडौँ — नेपाली काँग्रेस जिल्ला चितवनले भरतपुर महानगरपालिकाको मेयर पद नछाड्ने निर्णय गरेको छ । आइतवार पार्टी कार्यालय कमलनगर नारायणगढमा बसेको बैठकले महानगरको मेयर नछाड्ने निर्णय गरेको हो । भरतपुर महानगरपालिकामा माओबादी केन्द्रले कांग्रेससँगको गठबन्धनमा मेयर आफुले लिने बताई रहेको बेला चितवन कांग्रेसको निणर्यले भने ससंकित बनाएको छ । नेपाली कांग्रेस चितवनका सचिब सुर्य अर्यालका अनुसार आँफुहरु केन्द्रीय गठवन्धनको बिरोधी नभएको तर भरतपुर महानगरको मेयर पद छाड्न नसकिने निसकर्ष निकालेको हो ।

सचिव अर्यालयका अनुसार जिल्लाको निर्णय केही दिनमै केन्द्रमा समेत जानकारी गराइनेछ । आवश्यक परे जिल्लाको टोलि डेलिगेशन जाने समेत निश्कर्षमा पुगिएको अर्यालले बताए । भरतपुरको हकमा जिल्लाको निर्णय प्रतिकूल हुनेगरि केन्द्र वा प्रदेश जसले निर्णय गरेपनि त्यसबाट उत्पन्न हुने परिणामको जिम्मेवार उनिहरु नै हुने जिल्ला कार्यसमितिको चेतावनी समेत छ । भरतपुर बाहेकका अन्य पालिकाको हकमा भने स्थानीय अवस्था र आवश्यकतालाई आधार मान्दै तालमेल गर्न सकिने बैठकको निर्णय छ । ‘गत २०७४ सालको निर्वाचनमा भरतपुरमा तालमेल गरि माओबादी केन्द्रकी रेनु दाहाललाई मत हाल्दा पार्टीको साख गिरेको बैठकको ठहर छ ।’