काठमाडौँ — मकवानपुरको मनहरी गाउँपालिकामा प्रहरीले ट्रकमा ल्याउँदै गरेको ९० किलो गाँजासहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । हिजो साँझ ५ बजे चितवनबाट मनहरीतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट भएको ट्रकलाई जाँच गर्ने क्रममा ट्रकको क्याबिनको भागमा फल्स बटन बनाइ लुकाएर राखेको अवस्थामा ९० किलो गाँजा फेला पारेको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ । प्रहरीका अनुसार ट्रकका चालक पनि भारतीय नागरिक हुन् ।
ट्रक चालक मोजफरपुर जिल्ला थाना काटी हरिचन्द्र गाउँ पानापुर बस्ने ३५ वर्षीय असगर अलीलाई गाँजा र ट्रक सहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया