खेलकुद

नेपालले पपुवान्युगिनीलाई दियो १६९ रनको लक्ष्य


काठमाडौँ — दीपेन्द्रसिंह ऐरीको अर्धशतकप्रेरित नेपालले त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको फाइनलमा पपुवान्युगिनी पीएनजी०लाई जितका लागि १६९ रनको लक्ष्य पेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनाएको हो । मध्यम सुरुआत गरेको नेपाल ११ ओभर सकिँदा ८२र२ को स्थितिमा थियो । त्यसपछि सेमो कामेयाले मेडनसहित तीन विकेट लिएपछि खेलले नयाँ मोड लिएको थियो । कामेयाले १२औं ओभरको पहिलो बलमा आसिफ शेखलाई लेगा सिएकाको हातबाट क्याच गरेका थिए । त्यस्तै तेस्रो बलमा आरिफ शेख कप्तान असद भालामार्फत क्याच गरे । कामेयाले पाँचौं बलमा दीलिप नाथलाई बोल्ड गरेका थिए ।

आसिफले २९ रन बनाए भने आरिफ र दीलिपले रनको खाता खोल्न सकेनन् । त्यसअघि कुशल भुर्तेल २५ र रोहितकुमार पौडेल दुई रन बनाएर पवेलियन फर्किएका थिए । कुशल र आसिफले पहिलो विकेटका लागि ३७ रनको साझेदारी गरेका थिए । असिफ र दीपेन्द्रसिंहले तेस्रो विकेटका लागि ३८ रनको साझेदारी गरेका थिए । दीपेन्द्रले आदिल आलमसँग पनि छैटौं विकेटका लागि ३२ रनको साझेदारी गरे । आदिल १५ रन बनाएर आउट भएपछि दीपेन्द्र र करणले आक्रमक ब्याटिङ गर्दे नेपालको इनिङ्स उकासेका थिए । दुईले सातौं विकेटका लागि ५४ रनको साझेदारी गरे । दीपेन्द्रसिंहले ३८ बलमा पाँच चौकासहित अविजित ५४ रन बनाए ।

करणले १२ बलमा पाँच चौका र एक छक्कासहित अविजित ३३ रन बनाए । दीपेन्द्रले आजै ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गरेका थिए । पीएनजीका कामेयाले तीन विकेट लिए । चार सोपर, कबुवा मोरेया र रिले हेकुरेले एकरएक विकेट लिए ।