Breaking

आफू अल्पमतमा परेपछि पाकिस्तानी प्रधानमन्त्री खानले गरे संसद् विघटनको घोषणा


काठमाडौँ — राजनीतिक अस्थीरताको चपेटामा फस्दै आएको पाकिस्तानमा संसद विगघटन गरिएको छ । आफू अल्पमतमा परेपछि प्रधानमन्त्री इमरान खानले हठात संसद विघटन गरिदिएका हुन । तर, विपक्षी सांसदहरूले भने संसद विघटन गर्ने निर्णय असंवैधानिक भएको भन्दै सर्वोच्च अदालत जाने तयारी गरेका छन् । दुई दुई पटक संसद विघटन भई स्थापित संसदमार्फत नेपाल निर्वाचनको सम्मुखमा छ । ओली सरकारले नेपालमा आफू अस्पमतमा पर्ने भएपछि हठात प्रतिनिधिसभा विघटन गरेका थिए । सार्वभौम अधिकारसम्पन्न संसद दुई दुई पटक विघटन गरिएपछि ओली सरकारको चर्काे आलोचना भयो र पछि पुन सर्वाेच्च अदालतले संसद व्युताइदिए । अहिले ठिक यस्तै परिस्थिति पाकिस्तानमा दोहोरिएको छ ।

आफू अल्पमतमा परेपछि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले हठात संसद विघटन गरिदिएका छन् । केही साताअघि संसदमा दर्ता भएको खानविरूद्धको अविश्वासको प्रस्तावमाथि मतदान हुने भनिएको दिन आइतबार नेसनल एसेम्ब्लीका उपसभामुखले उक्त अविश्वास प्रस्ताव असंवैधानिक भएको भन्दै खारेज गरिदिएको अन्तर्राष्टिय संचार माध्यमले जनाएका छन् । अविश्वास प्रस्ताव खारेज गरेर संसद अधिवेशन स्थगित भएलगत्तै प्रधानमन्त्री इमरान खानले राष्ट्रपति आरिभ अल्भीसमक्ष संसद विघटन गर्न सिफारिस गरेका गरेका थिए । प्रधानमन्त्री खानको सिफारिस लगतै राष्ट्रपति अल्भीले संसद विघटनको प्रस्ताव स्विकृत गरिदिएका छन । पाकिस्तानको संविधानको धारा ५८ मा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गर्न सक्ने व्यवस्था छ । राष्ट्रपतिले संसद विघटन गरेसँगै पाकिस्तानमा अब ९० दिनभित्र चुनाव हुने भएको छ ।

प्रधानमन्त्री खानले आफू अल्पमतमा परेपछि विरोधीहरूलाई विदेशीको पैसा लिएर सरकारविरूद्ध षड्यन्त्र गरेको आरोप लगाएका छन् । ३४२ सदस्यीय नेसनल एसेम्ब्लीमा बहुमतका लागि १७२ सांसद चाहिन्छ । खानको पाकिस्तान तेहरिक–ए इन्साफ पार्टीका १३३ सांसदमात्रै छन् । खानले गठबन्धन बनाएर बहुमत पु¥याएका थिए । उनलाई गठबन्धनकै केही दलले दिएको समर्थन फिर्ता लिएका छन् भने आफ्ना पार्टीका केही सांसदले पनि उनलाई विश्वासको मत नदिने बताएका थिए । संसदमा विश्वासको मत पाउने सम्भावना नभएपछि खानले संसद विघटन गरिदिएका हुन् । विपक्षी सांसदहरूले भने संसद विघटन गर्ने निर्णय असंवैधानिक भएको भन्दै सर्वोच्च अदालत जाने बताएका छन् ।

यसैविच, इंग्ल्यान्डको राजधानी लन्डनमा पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफमाथि आक्रमण भएको छ । अज्ञात व्यक्तिले नवाजको कार्यालय नजिक पुगेर उनीमाथि फोन प्रहार गरेका थिए । आक्रमणमा नवाजका अंगरक्षक घाइते भएका छन् । नवाजकी छोरी मरियमले पाकिस्तानका बहालवाला प्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरीक ए इन्साफ जिम्मेवार भएको ठहर गरेकि छिन् । इमरान खानविरुद्ध अविश्वासको प्रस्तावमा मतदना हुने भनिएको अघिल्लो दिन नवाजमाथि आक्रमण गरिएको हो ।