Breaking

प्रचण्डको मनमौजी दाबी : चुनाव जित्न झुटको साहरा, स्थानीत चुनावमा केन्द्रबाटै टिकट


काठमाडौँ — स्थानीय तहको निर्वाचन नजिकिएपछि राजनीतिक दलहरुचुनाव केन्द्रीत गतिविधिमा दौडधुप चलाइरहेका छन् ।

आफ्नो पक्षमा माहोल बनाउन झुटा दाबी गर्ने मात्रै होइन, केन्द्रबाटै हस्तक्षेपकारी भूमिका खेल्न समेत पछि परेका छैनन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार एक दाबी प्रस्तुत गरे । देशभरका पाँचवटा स्थानीय पालिका उत्कृष्ट बने, त्यसमध्येका तीनवटा माओवादी केन्द्रले नेतृत्व गरेका छन् । उनकै शब्दमा भन्दा, ‘एउटा संवैधानिक समितिले कहाँ–कहाँ राम्रो काम भयो भनेर स्थानीय पालिकाहरु हेर्दा पाँचवटा श्रेष्ठ काम भएकामध्ये तीनवटा त माओवादी केन्द्रले जितेकोमा मात्रै भयो । अरु त्यत्रा सयौँ छन, त्यहाँचाहिँ राम्रो काम भएन भन्ने रिपोर्ट आयो ।’ सँगैसँगै अर्काे दाबी गरेका प्रचण्डले महानगरपालिकामध्ये आफ्नै छोरी रेनु दाहालले नेतृत्व गरेको भरतपुर उत्कृष्ट बनेको ठोकुवासमेत गरिदिए ।

प्रचण्डले आफ्नो दाबीको हवलाचाहीँ एउटा संवैधानिक समितिलाई मानेकाछन् ।मात्र केहिदिन अघि एउटा संवैधानिक समितिले सार्वजनिक गरेको रिपोर्टअनुसार माओवादी केन्द्रले जितेका तीन वटा पालिका उत्कृष्ट बनेको उनको दाबी हो । तर विगत एकसाता यतासम्म कुनै पनि संवैधानिक समितिले यस्तो रिपोर्ट सार्वजनिक गरेको फेला परेको छैन, जसले माओवादीले नेतृत्व गरेका पालिकामात्रै उत्कृष्ट देखाएको होस् ।तथ्यमा फेला नपरेपछि यसलाई प्रचण्डको निर्वाचन केन्द्रीत प्रोपगण्डाबाहेक अरु मान्न मूस्किल परेको छ । किनकि स्थानीय तहको निर्वाचन नजिकिएका बेला आफ्नो पक्षमा माहोल बनाउने केन्द्रीय नेतृत्व नै अनेक झुटको साहरा लिएर आफ्नो माहोल बनाउन लागिपरेको छ ।

चुनाव स्थानीय तहको हुँदैछ । हालीमुहाली केन्द्रीय नेतृत्वलेगरिरहेको छ । केन्द्रबाटै तोकिएका अनेक आदेशका भरमा स्थानीय तह निर्वाचनको तयारी चलिरहेको छ । उम्मेद्वारी छनोटदेखि टिकट बाँडफाँडसम्म केन्द्रीय नेतृत्वकै हस्तक्षेप हुने देखिएपछि तल्लो तहका नेता–कार्यकर्ताले आफ्नो विवेकको प्रयोग गर्नुको साटो केन्द्रीय नेतृत्वकै निर्णय पर्खिरहेका छन् । संविधान जारी गर्दा स्थानीय तहलाई स्वतन्त्र रुपमै छाड्नुपर्ने विषयमा छलफल नभएको होइन । तथापी दलीय व्यवस्थाका नाम स्थानीय निर्वाचनलाई समेत प्रदेश र संघकै ढाँचामा कार्यान्वयन गरिएपछि स्थानीय आवश्यकता र अवस्थामा आधारमा चयन हुनुपर्ने नेतृत्वमा पनि केन्द्रीय नेतृत्व हाबी भएको छ ।