मनोरञ्जन

मिस हिमालय लिटल एन्जल काठमाडौँको अडिसन सम्पन्न


काठमाडौँ — कथा इभेन्टको आयोजनमा हुन लागेको मिस हिमालय लिटल एन्जल काठमाडौँ–२०२२ को अडिसन सम्पन्न भएको छ । १९३ जनाले अडिसनमा भाग लिएकोमा जम्मा ६० जनालाई मात्र छनौट गरिएको इभेन्ट डाइरेक्टर अनिल बुर्जा मगरले जानकारी दिनुभयो ।

छनौट भएका प्रतियोगीलाई १५ दिनसम्म विभिन्न विषयमा प्रशिक्षणमा समावेश गरिनेछ । जसअन्तर्गत स्टेज प्रस्तुतिकरण, व्यत्तित्व विकास, बोल्ने कला, आत्मविश्वास अभिवृद्धि, सामाजिक तथा सामान्य ज्ञान, फेशन तथा क्याटवाक, सेलिब्रेटी अन्तरक्रिया, फोटोसेसनलगायतका कृयाकलापहरु रहने छन् ।


मिस हिमालय लिटल एन्जल काठमाडौँको विजेताले नगद ५० हजार साथै फिलिपिन्समा हुने लिटल एण्ड टिन ग्ल्याम इन्टरनेशनलमा नेपाललाई प्रतिनिधित्व गर्दै प्रतिस्पर्धाको लागि भाग लिन पाउने छन् । त्यसैगरी फष्ट रनरअपले नगद ३० हजार र सेकेण्ड रनरअपले नगद २० हजार पाउने बुर्जा मगरले जानकारी दिनुभयो ।


प्रतियोगीलई उमेर अनुसार तीन समूहमा बिभाजन गरेर बिजेताहरु र १ जना मुख्य विजेताको रुपमा घोषणा गरिनेछ ।
अडिसनमा निर्णायकमा वरिष्ठ ¥यापर तथा म्यूजिक निर्देशक निर्णय श्रेष्ठ, कथा इभेन्टकी प्रमुख गनिका गुरुङ र मिस लेडी नेपाल २०१९ कि ओकी किमोचि विष्टले गरेका थिए । अडिसन भेनश पब्लिक स्कूल, बेसीगाउँ गोकर्णेश्वर काठमाडौँमा सम्पन्न भएको थियो ।