Breaking

एकताको सूत्रमा बाध्ने खेलकुद नै राज्यको उपेक्षामा

खेलकुद मन्त्रालय ‘मन्त्री डेब्युको’ प्रयोगशाला


काठमाडौँ — खेलकुदलाई मनोरञ्ज मात्रै नभएर स्वस्थ रहने उचित माध्यम पनि मानिन्छ । कुनै पनि मुलुकलाई एकताको सूत्रमा बाध्ने एकमात्र क्षेत्र खेलकुद नेपालमा भने सरकारको प्राथमिकतामा नै परेको देखिदैन । अप्रिल ६ अर्थात् अन्तर्र्राष्ट्रिय खेलकुद दिवस नेपालमा पनि मनाइयो । अन्तर्राष्ट्रिय विकास र शान्तिका लागि खेलकुद नारा दिएर यो दिवस मनाईरहँदा नेपालको खेलकुदलाई सरकारले सम्मानजनक स्तरमा राख्न किन सकेन भन्ने प्रश्न ज्वलन्त छ ।

नेपालमा स्थानीय तहदेखि प्रदेश हुँदै केन्द्रसम्म नै खेलकुदलाई प्राथमिकतामा राखेको देखिदैँन । सबै पार्टीगत रुपमा अधिवेशनमा होमिँदा खेलकुदको कुरा भन्दा राजनीतिक कुराहरु हावी भएको आजसम्मको गतिविधिले छर्लङ्ग बनाएको छ । अन्य राष्ट्रले खेललाई प्राथमिकता दिए पनि नेपाल सरकारले बेवास्ता गरेको जानकारहरु बताउँछन् ।

राज्य स्तरबाट खेलकुद क्षेत्रलाई बालबालिका भुलाउने र खुशी पार्ने खेलौनाभन्दा माथि राखेको पाइदैन । नेपालमा खेलकुदको हैसियत थाहा पाउन मन्त्रालय बाँडफाँड नै काफी छ । नेपाल सरकारले कूल बजेटको ०.१६ प्रतिशतमात्र खेलकुद क्षेत्रलाई छुट्याएको छ । सायद, मन्त्रालयको वर्गीकरण नै बजेटको आधारमा हुने भएकाले पनि होला यो मन्त्रालय पिछडिएको मन्त्रालयमा गनिन्छ ।

जो नयाँ वा कनिष्ठ व्यक्तित्व हुन्छ उसैलाई नै खेलकुद मन्त्रालयको जिम्मेवारी दिने गरिन्छ । खेलकुलकै भाषामा भन्ने हो भने मन्त्रीमा “डेब्यु” गर्ने भनेको खुलकुद मन्त्रीबाट नै हो । खेलकुद मन्त्रालय मन्त्री बन्नेहरुका लागि सिक्ने पहिलो सिंडी बन्ने गरेको छ । जसमा न कुनै अनुभव नै हुन्छ न उसले खेलकुद नै केही बुझेका हुन्छन् । त्यस्ता नेतृत्वबाट खेलकुद क्षेत्रले दिर्घालिन सोँच र योजनाहरुको अभाव झेल्ने गर्दछ ।

नेपाली खेलकुदमा खेलाडी छनौट गर्दा राजनीतिक नियुक्तिका आधार र आफन्तलाई आधार मान्ने गरिने समाचारहरु बेला बेलामा आइनै रहन्छ । खेललाई माध्यम बनाएर पर्यटक बनेर विदेश घुम्न जानेको आकर्षण बढ्दो रहेको नेपाल ओलम्पिक कमिटी आफै स्वीकार गर्दछ ।अन्तर्राष्ट्रिय स्तरमा देशको झण्डा फहराउने र देशलाई एकताको सूत्रमा बाध्न एकमात्र खेलकुद क्षेत्रलाई राज्यले उपेक्षा गर्दा खेलकुदलाई नै राजनीतिक कारण गरेर स्वार्थपुर्ती गर्नेहरुले यदि खेलकुदमा विकास नै चाहने हो भने,एक पटक सोच्नै पर्ने छ । एक दिन औपचारिक कार्यक्रम गरि खेलकुद दिवस मनाउँदैमा खेलकुद क्षेत्रले निर्णायक फड्को मार्न सक्दैन ।