Breaking

देउवाको भारत भ्रमण कति सफल ? (भिडियोसहित)


काठमाडौँ – प्रधानमन्त्री शेरबहादु देउवा आफ्नो तिन दिने भारत भ्रमण सकाएर स्वदेश फर्किएका छन । नेपालले नयाँ नक्सा प्रकाशित गरेपछि अन्तुष्ट भारत र जारी सम्बादहिनताका बीच यो भ्रमणलाई आईसब्रेकका रुपमा पनि हेरिएको छ । के थियो देउवा भ्रमणको सन्देश ? कति औचित्यपूर्ण बन्यो देउवाको भारत भ्रमण ?

देउवा भ्रमणका वेला सबैभन्दा चर्चामा रहेको विषयमध्ये एक थियो गुमेको भूभाग समेटिएको चुच्चे नक्साको विषय । तर विडम्बना भनौ नयाँ दिल्लीस्थित नेपाली राजदूतावासमा समेत नेपालको पुरानै नक्सा प्रयोग गरेको पाइएको छ । दूतावासको मूल भवनमा रहेको स्वागत कक्षमा राखिएको नक्सामा लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र समाहित नभएको पुरानै नेपालको नक्सा छ । यहि प्रसङमा एमाले अध्यक्ष कपी शर्मा ओलीले टिप्पणी गर्दै दुतावासलाई प्रश्न गरेका छन् ।

भ्रमणका शिलशिलामा भने प्रधानमन्त्री देउवाले भारतीयत समकक्षी मोदीसँग सीमा समास्या समाधानका विषयमा छलफल भएको बताएका छन् । दुई प्रधानमन्त्रीबीच एक्लाएक्लै भएको वार्तामा सीमाका विषयमा कुरा उठेको देउवाले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । देउवाले सीमाविवाद सुल्झाउनका लागि द्विपक्षीय संयन्त्र बनाउन आफूले बताएको अभिव्यक्ति दिएका थिए । तर भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भने त्यसलाई बढो चर्तुयाईका साथ पन्छाए । देउवासंगै संयुक्त पत्रकार सम्मलेनमै मोदीले यो कुरालाई ब्यङ्गाएर भारत र नेपालबीच रहेको खुला सीमालाई अवाञ्छित तत्त्वहरूले दुरुपयोग नगरून् भन्ने विषयमा आफूहरूबीच चर्चा भएको बताए । अर्थात उनले सिमाका विषयामा भारत अझै मौन छ भन्ने प्रष्ट पारेको छ ।


भ्रमणका बारेमा प्रमुख प्रतिपक्षी दलले आफूसंग छलफल नै नभएको भन्दै आलोचना गर्दै आएको थियो । त्यस्तै जानकारहरुले पनि यो भ्रमणले लिपुलेक लिम्पियाधुरा लगायतका जमिन फिर्ता नहुने नै बताँउदै आएका थिए । भ्रमणमा अन्तर्राष्ट्रिय सौर्यऊर्जा सञ्जाल समझदारी, पेट्रोलियम पदार्थ आपूर्ति सम्झौता, दुई देशका आयल निगमबीच प्राविधिक सहयोग सम्झौता र रेलवे प्राविधिक सहयोग सम्झौतासँगै जयनगर–कुर्था सीमापार रेलवे सम्पर्क, सोलु कोरिडोर विद्युत् प्रसारण लाइन र रुपे पेमेन्ट कार्डको शुभारम्भले दुई देशबीचको कनेक्टिभिटीलाई बढाउने काम भने गरेको छ ।

त्यस्तै साथै मोदी र देउवाले संयुक्त रुपमा जनकपुर–जयनगर रेल सेवा र सोलु करिडोर प्रसारण लाइनको उद्घाटन गरे । अर्थात केहि औपचारिक र साना तिना काम भने यो भ्रमणमा भए । जुन मन्त्रीस्तरीय भ्रमणकै कामभन्दा ठुलो नभएको परराष्ट्रका जानकारहरु बताउछन । हुन त देउवाले केहि निर्णायक काम गर्छन भन्ने नै नभएको अवस्थामा के लाई सफलता के लाई असफलता मान्ने नै प्रष्ट नभएको उनीहरुको तर्क छ

अहिले मुख्य मुद्धा नक्सा कै भएकोले त्यो विषयमा मोदीले देखाएको व्यवहारले नै देउवाको भ्रमणलाई उपलब्धीमुलक मान्न नसकिने धेरेको तर्क छ । तर यस भ्रमणमार्फत आगामी निर्वाचनमा कांग्रेस र आफूप्रति भारतको सदाशयता हासिल गर्न देउवा सफल भएको समेत धेरेको विश्लेषण छ ।

भारतले असहज मान्ने सीमाविवाद र ईपीजीको ठोस कुरा नउठाएर कनेक्टिभिटीमा जोड दिनु अनि काशी विश्वनाथ मन्दिरको तीर्थाटन र भाजपा कार्यालयको भ्रमण गरी देउवाले आफूप्रति रहेको भारतीय संशयलाई मेट्ने देउवा प्रयासको रुपमा बुझिएको छ । जसले समग्रमा देशभन्दा आफू र आफ्नो पार्टीको फाईदामै र खुद्रे खुसीमा देउवाको भ्रमण सम्पन्न भएको छ ।