Breaking

वीरगञ्जमा लोसपाको शक्ति प्रदर्शन


काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले वीरगञ्जमा शक्ति प्रर्दशन गर्दै ‘स्वभिमान यात्रा’ निकालेको छ । । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा लोसपाले आफ्नो शक्ति प्रदर्शन गरेको हो ।

लोसपाका प्रभावशाली नेताहरु पार्टी त्यागेर अन्य दलमा जाने लहर चलेपछि लोसपा कमजोर बन्दै गएको टीकाटीप्पणि हुन थालेको छ। यसै टिप्पणीलाई चिर्न लोसपाले शीर्ष नेतलाई बोलाएर आफूहरु कमजोर नभएको सन्देश दिन खोजेको छ ।

वीरगन्जको चिनी मिल आवास क्षेत्रबाट सयौंको संख्यामा चार पाङग्रे गाडी र मोटरसाइकलसहित निस्किएको र्‍यालीमा लोसपाका अध्यक्ष महन्थ ठाकुर, केन्द्रीय नेताहरु राजेन्द्र महतो, अनिल झा र सर्वेन्द्रनाथ शुक्ल सहभागी थिए।

लोसपाको र्‍याली नगर परिक्रमा गरेपछि नगरभागृहमा पुगेर स्वभिमान सभामा परिणत भएको थियो। सभालाइ पार्टीका चारै जना शीर्ष नेताहरुले सम्बोधन गरेका थिए।