Breaking

‘वृद्धवृद्धादेखि केटाकेटीसम्मको संरक्षण गर्ने पार्टी एमालेमात्र’


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको विकास गर्ने पार्टी एमाले मात्रै रहेको दाबी गर्नुभएको छ ।

नेकपा एमाले खोटाङले सदरमुकाम दिक्तेलमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै ओलीले वृद्धवृद्धादेखि केटाकेटीसम्मको संरक्षण र देशको विकास एमालेले मात्र गर्न सक्ने बताउनुभयो ।

समृद्ध नेपाल निर्माण गर्दैगर्दा अब सरकार सधैं एमालेले मात्र बनाउने भयो भनेर विरोधीले जालझेल गरेर आफूलाई सरकारबाट हटाएको उहाँको भनाइ छ ।

देशैभरी एमालेमा जनताको लहर रहेको कारण एमाले पुनः सरकारमा जाने र समृद्ध नेपाल निर्माण गर्ने ओलीले बताउनुभयो ।