राजनीति

चैत मसान्तसम्ममा मेलम्चीको पानी काठमाडौँमा


काठमाडौँ – खानेपानी मन्त्री उमाकान्त चौधरीले सरकारले घोषणा गरे अनुसार चैत मसान्तसम्म मेलम्चीको पानी काठमाडौंमा पु¥याउने बताउनु भएको छ ।

मेलम्ची खानेपानीको हेडबक्स बाँध स्थल हेलम्बुमा पुगेर मन्त्री चौधरीले सरकारले घोषणा गरे अनुसार चैत मसान्तसम्म मेलम्चीको पानी काठमाडौंमा पु¥याउने बताउनु भएको हो ।

उहाँले अहिले मेलम्चीको पानी काठमाडौं ल्याउनको लागि तिव्रगतिमा कार्ययोजना अनुसार नै मेलम्ची खानेपानी मुहान सफा गर्ने काम भइरहेको बताउनु भयो ।

त्यस्तै, हेल्मबु गाँउपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले काठमाडौं वासीलाई मेलम्चीको पानी खुवाउने हेल्मबु गाउँपालिकाको पनि दायित्व रहेको बताउनु भयो ।