Breaking

‘केपी ओलीको चुनाव चिह्न त्रिशूल हुन्छ’ भन्नेको हालत पल्टिने ओली


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘केपी ओलीको चुनाव चिह्न त्रिशूल हुन्छ’ भन्दै मजाक गर्ने नेताको हालत पल्टिने बताउनुभएको छ ।

खोटाङको दिक्तेलमा आज शनिवार आयोजना गरिएको जनसभालाई सम्बोधन गर्ने क्रममा हलेसी महादेवस्थान ओर्लिनुभएका अध्यक्ष ओलीले त्यही ठाउँमा आयोजित पत्रकार सम्मेलनमा सूर्य र त्रिशूल जोडिएपछि मजाक उडाउने नेताको हालत पल्टिने बताउनुभएको हो ।

एमाले छाडेर गएका नेताले ‘केपी ओलीको चुनाव चिह्न त्रिशूल हुन्छ’ भन्दै मजाक उडाएको उल्लेख गर्दै ओलीले आफूले नभइ उनीहरूलाई शिवजीले त्रिशूल हान्ने उल्लेख गर्नुभयो । पार्टीका उपाध्यक्ष रामबहादुरसहित खोटाङ आउनुभएका अध्यक्ष ओलीले पवित्र हलेसीमा अपवित्र गठबन्धनको बारेमा कुनै टिकाटिप्पणी नगर्ने भन्दै त्यसबारेमा बोल्न चाहनु भएन ।