Breaking

‘मोदीजीलाई नेपालमा स्वागत गर्नका लागि म प्रतिक्षारत छु’


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवाले शनिबार नयाँदिल्लीस्थित हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा भ्रमणको निम्तो दिएका हुन् ।

प्रधानमन्त्री देउवाले आफू मोदीलाई नेपालमा स्वागत गर्न आतुर भएको प्रतिक्रिया दिए । देउवाले भने हामी दुवै जना उच्चस्तरीय भ्रमणलाई निरन्तरता दिन सहमत छौं । प्रधानमन्त्री मोदीजीलाई नेपालमा स्वागत गर्नका लागि म प्रतिक्षारत छु’

तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवा आइतबार स्वदेश फर्किने छन् । देउवाको भारत भ्रमणको क्रममा दुई प्रधानमन्त्रीबीच विभिन्न चार वटा सम्झौतामा हस्ताक्षर भएको छ ।