Breaking

अर्थतन्त्रमा उर्जाको योगदान बढाउनु पर्ने राष्ट्रपतिको भनाई


काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले विद्युत् उत्पादन, खपत र निर्यात व्यवस्थापनलाई प्रभावकारी बनाउँदै अर्थतन्त्रमा ऊर्जा क्षेत्रको योगदान वृद्धि गर्नुपर्ने बताउनु भएको छ ।

शनिबार काठमाडौँको भृकुटीमण्डपमा आयोजित हिमालयन हाईड्रो एक्स्पोको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले आयातित विजुलीका कारण केही वर्षअघि मात्रे लोडसेडिङबाट मुक्ति पाएको उल्लेख गर्दै यसको दीर्घकालीन समाधान भनेको हाम्रो आफ्नै उत्पादन हुनु रहेको पनि स्पष्ट पार्नु भयो ।

त्यस अवसरमा राष्ट्रपति भण्डारीले दुई छिमेकी मुलुक भारत र चीनमा पनि विद्युत् व्यापारका लागि प्रशारण लाईन निर्माण गर्ने काम सुरु भएको भन्दै त्यसले मुलुकमा यस क्षेत्रको विकासका लागि लगानी गर्न प्रतिस्पर्धाको वातावरण बन्ने विश्वास समेत व्यक्त गर्नु भयो ।

राष्ट्रपति भण्डारीले साना र मझौंला जलविद्युत् आयोजनामा लगानी गरेर उज्यालो गाउँ बनाउने अभियानलाई तीव्रता दिन पनि निजी क्षेत्रलाई आग्रह गर्नुभयो ।