काठमाडौँ – त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत आज भइरहेको खेलमा नेपालले मलेसियालाई २२४ रनको लक्ष्य दिएको छ । नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २२३ रन जोडेको हो ।
नेपालका लागि ब्याट्सम्यान दिपेन्द्रसिंह ऐरी ५७ बलको सामना गर्दै ११० रन जोडे । यस्तै रोहित पौडेलले ३४ बलको सामना गर्दै ५१ रन जोडे भने कुशल भुर्तेल १२ रन, आशिफ शेख १८ रन र मोहम्मद आदिल अलामले १४ रन जोडे । नेपाल यसअघि नै यो सिरिजको फाइनलमा प्रवेश गरिसकेको छ ।
मलेसिया अहिले जवाफी व्याटिङमा उत्रिएको छ । आजको खेल मलेसियाले जिते मलेसिया फाइनल प्रवेश गर्नेछ भने नेपालसँग पराजित भए रनरेटको आधारमा पपुवा न्युगिनी फाइनलमा नेपालसँग सामना गर्नेछ । नेपाल भने एक खेल खेल्नुअघि नै फाइनलमा पुगिसकेको छ ।
प्रतिक्रिया