Breaking

देउवा र मोदीबीच प्रतिनिधिमण्डल स्तरमा भेटवार्ता सुरु


काठमाडौँ — प्रधानमन्त्री शेर बहादुर देउवा र उनका समकक्षि नरेन्द्र मोदीबीच प्रतिनिधीमण्डल स्तरमा भेटवार्ता सुरु भएको छ । यसअघि देउवा र मोदीबीच करिब ४५ मिनेट एकल भेटवार्ता भएको हो ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम वाग्चीका अनुसार प्रधानमन्त्री देउवा र मोदीबीच नेपाल-भारतबीचको साझेदारीमा भइरहेका प्रगति र दुई देशबीचको सहकार्यका एजेन्डालाई अझै सुदृढ गर्ने विषयमा छलफल भइरहेको छ ।