Breaking

देउवा-मोदी भेटवार्ता सकियो, नेपाल र भारत द्विपक्षीय बैठक सुरु


काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवा भारतीय समकक्षी नरेन्द्र मोदीबीच नयाँदिल्लीस्थित हैदराबाद हाउस भएको भेटवार्ता सकिएको छ । प्रधानमन्त्रीद्वयबीच नयाँदिल्लीस्थित हैदराबाद हाउसमा भएको ‘वान टू वान’ वार्ता सकिएको हो ।भेटवार्तामा  नेपाल–भारत आपसी हितका विषयमा कुराकानी भएको बुझिएको छ । 

भेटवार्ता सकिएलगत्तै हैदरावाद हाउसमा नेपाल–भारत द्विपक्षीय बैठक सुरु भएको छ । बैठकमा नेपालको नेतृत्व प्रधानमन्त्री देउवा र भारतको नेतृत्व भारतीय प्रधानमन्त्री मोदीले गरेका छन् । बैठक सकिएपछि चार वटा परियोजनाको दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।