Breaking

अध्यक्ष ओली आज खोटाङ जाँदै


काठमाडौँ — स्थानीय तहको निर्वाचन लक्षित कार्यक्रममा सहभागी हुन नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आज खोटाङ जाँदैछन् ।

दिउँसो सदरमुकाम दिक्तेलमा हुने कार्यक्रममा सहभागी हुन ओली बिहान साढे १० बजे खोटाङ जान लागेका भएका हुन् । दिक्तेलमा हुने सभामा ओलीले विभिन्न पार्टी परित्याग गर्नेहरूलाई एमालेमा प्रवेश गराउने कार्यक्रम रहेको एमाले स्रोतले जनाएको छ ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको संघारमा ओली यतिबेला देश दौडाहामा छन् । ओलीले यतिबेला विभिन्न राजनीतिक दलबाट नेता कार्यकर्तालाई आफ्नो पार्टीमा भित्र्याउने क्रमलाई तीव्र बनाएका छन् ।