Breaking

रुसी विदेशमन्त्री र भारतीय प्रधानमन्त्रीबीच भेटवार्ता


काठमाडौँ — रुसका विदेशमन्त्री सर्गेई लाभरोभ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।
भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार भारत भ्रमणमा आएका लाभरोभले भारतीय समकक्षी एस जयशंकरसँग पनि भेटवार्ता गरेका छन् ।

भारतीय प्रधानमन्त्री मोदीसँगको वार्तामा लाभरोभले रुस र युक्रेनबीच जारी शान्ति वर्तासहित युक्रेनको अवस्थाको विषयमा जानकारी दिएका थिए ।

मोदीले लाभरोभसँग जारी हिंसा अन्त्य गर्न आग्रह गरेका थिए । शाति स्थापनाको प्रयासमा कुनै पनि योगदानको लागि भारत तयार रहेको मोदीको भनाइ थियो । यसअघि भारतीय समकक्षीसँगको वार्तापछि भएको प्रेस कन्फ्रेन्समा बोल्दै लाभरोभले भारत र रुसको सम्बन्धमा कुनै पनि किसिमको दबाब नरहेको उल्लेख गरेका थिए ।

उनले भारतले रुसबाट कुनै किसिमको सामग्री आयात गर्न चाहन्छ भने रुस त्यसका लागि तयार रहेको उल्लेख गरेका थिए । लाभरोभले युक्रेन संकटको क्रममा भारतले लिएको अडानको पनि प्रशंसा गरेका थिए ।