Breaking

देउवा मनमौजी भारत भ्रमण,न एजेन्डा न नतिजा,वर्षौदेखि अलपत्र मुद्धा उठान गर्ला ?


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा तीनदिने भारत भ्रमणमा छन । लामो समयपछि भएकोउच्चस्तरीय दुईपक्षीय भेटवार्ता पश्चात संवादहिन अवस्थामा रहेकोे नेपाल–भारत सुधारको अपेक्षा गरिएको छ । प्रधानमन्त्री शेर बहादुर देउवा तीन दिने औपचारिक भ्रमणका लागि छिमेकी मुलुक भारतको नयाँदिल्ली पुगेका छन् ।

परराष्ट्रमन्त्री नारायण खड्का, स्वास्थ्यमन्त्री विरोध खतिवडा, ऊर्जामन्त्री पम्फा भुसाल र कृषिमन्त्री महेन्द्र राय यादव सहित ५१ सदस्यीय उच्चस्तरीय टोलिको नेतृत्व गर्दै भारत पुगेका देउवालाई भारतका रक्षा तथा पर्यटनराज्यमन्त्री अजय भट्टले स्वागत गरे । शुक्रबार नै उनले भारतीय विदेशमन्त्री एस जयशंकरले भेटवार्ता गरेका छन् ।

लगत्तै सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)को केन्द्रीय कार्यालय भ्रमण गरे। पोष्टर नै बनाएर देउवाको स्वातमा तामझामका साथ तयारी गरिरहेको सत्तारुढ दल भारतीय जनता पार्टी भाजपाको मुख्यालयमा पुगी देउवाले अध्यक्ष जगतप्रकाश (जेपी) नड्डासँग भेटवार्ता गरेका हुन् ।

यद्दपी देउवाको यो भेट कुटनीतिक मर्यदा विपरित रहेको भन्दै केही कुटनीतिक विज्ञले आपत्ति जनाएका छन् । नयाँदिल्लीस्थित नेपाली दूतावासले आयोजना गरेको रात्रिभोजमा आजै सहभागी हुने कार्यतालिका छ । प्रधानमन्त्री देउवा र मोदीको दुई पक्षीय वार्ता तथा अन्य भेटघाट छलफल भने शनिवार हुनेछ ।

देउवाको जारी भ्रमणले संवादहिन बनेको नेपाल–भारत सम्बन्धमा आईस व्रेकको काम गर्ने धेरैको विश्लेषण छ । प्रधानमन्त्ती देउवाले यो महत्वपूर्ण अवसरका बेला इपिजिको पुर्नवलोकन,चुच्चे नक्साका विषयमा विशेष कमिटि निर्माणको पहल देखि वर्षौदेखि अलपत्र सिमा समस्या,परियोजनाहरुको कार्यन्वयन जस्ता विषय दृढतापूवृक उठाउनुपर्ने सुझाव छ ।

ठुलै रस्साकस्सीकाबीच सदनबाट अमेरिकी सहयोग परियोना एमसीसी पास गराएका देउवाको भ्रमण केहि सहज र आशातित हुने अपेक्षा धेरैको छ । तर अर्कोतर्फ ठुलै तामझामका साथ जम्बो टोली सहित भारत भ्रमणमा निस्किएका देउवाले यसको फाइदा कति उठाउन सक्छन् यकिन गर्न गाह्रो छ ।

भारत भ्रमण र भ्रमणका एजेन्डाका सवालमा सतही रुपमा खासै छलफल अथाव सर–सल्लाह लिएको पाइएको छैन । प्रतिपक्ष या विज्ञहरुसँग परामर्शको औपचारिकता र परम्परालाई यसपल्ट सरकारले बेवास्ता गरेको छ।भ्रमणलाई लिएर धेरै आशा गरिहाल्न नसक्ने कतिपय जानकारहरुको तर्क छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अध्यक्ष के.पि शर्मा ओलीले त स्थानीय तहको निर्वाचन अघि प्रधानमन्त्रीको यो भ्रमणप्रति आपत्ति नै जनाएका छन ।

नेपाल–भारत सम्बन्धमा पटक पटक संकटबाट गुज्रिदै आएको छ । दुर्ई मुलुकबीच खुला सीमा छ, भू–राजनीतिक तथा भू–रणनीतिक संवेदनशीलताका कारण भू–राजनीतिक चासो समेत बढ्रिहेको छ ।