Breaking

घोडेजात्रा विशेषः नेपाली सेनाको रोमाञ्चक अश्वकला


काठमाडौँ – आज घोडेजात्रा, काठमाडौं उपत्यकामा विभिन्न कार्यक्रम गरी मनाइएको छ । हरेक वर्षझै यो वर्ष पनि घोडेजात्राको अवसरमा टुडिखेलस्थित सैनिक मञ्चमा नेपाली सेनाले विशेष अश्वकला देखाएका छन् ।

हरेक वर्ष चैत्र कृष्ण चतुर्दशीका दिन मनाइने घोडेजात्रा पर्व काठमाडौं उपत्यकामा विशेष रुपमा मनाइने गर्दछ । उपत्यकाको काठमाडौं ललितपुर र भक्तपुरमा आज घोडे जात्रा पर्व धुमधामका साथ मनाइएको छ ।

परापूर्व कालमा उपत्यकाको बस्तीमा गुरुमापा टुण्डी नाम गरेको राक्षसले बालबालिका खाइदिने गरेको र पीडितहरुले उतm राक्षसको संहार गरे पनि प्रेतत्मा जागा भई बालबालिकालाई यातना दिने हुँदा अनिष्ट नहोस् भनेर हरेक चैत्र कृष्ण औसीको दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने किंवदन्ती अनुसार यो जात्रा मनाइने गरिएको हो ।

यसो गर्दा गुरुमापाको आत्माले बालबालिकालाई दुःख दिँदैन भन्ने जनविश्वास रहेकोे छ । त्यस्तै कहिल्यै थकित नहुने घोडालाई हेरेर मानिसले पनि आफूलाई तन्दुरुस्त राख्न यो दिन घोडालाई मनपर्ने चना घाँस आदि दिएर धन्य सम्झने चलन समेत रहिआएको छ ।

घोडेजात्रालाई हरेक वर्ष टुडिखेलस्थित सैनिक मञ्चमा नेपाली सेनाले देखाउने अश्वकला, मोटरसाइकल खेल लगायतले अझ रौनक थपेको छ । विशेष कार्यक्रममा नेपाली सेनाले टागन घोडा दौड, चार्जर घोडा दौड, सो–जम्प, साइकल दौड लगायत दर्जन बढि कलाकौशल देखाएका छन् ।

नेपाली सेनाले आयोजना गरेको विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, सभामुख अग्नि प्रसाद सापकोटा सहित सरकारका विशिष्ट तथा उच्च पदस्थ व्यक्तिहरुको उपस्थिति थियो । भारत भ्रमणमा रहेका कारण प्रधानमन्त्री शेर बहादुर देउवा भने यो वर्ष घोडे जात्राको विशेष समारोहमा सहभागी भएनन् ।

सरकारले घोडेजात्राका दिन उपत्यकामा सार्वजनिक विदा दिँइदै आएको छ । घोडेजात्रा नेपालको मौलिक परम्पराको एउटा उदाहरण हो । यस्ता पर्वहरुको संरक्षण र प्रवद्र्धन गर्नु हामी सबैको दायित्व हो ।