राजनीति

उम्मेद्वारहरूको नाम सिफारिस गर्न काँग्रेसको निर्देशन


काठमाडौँ – नेपाली कांग्रेसले वडा, गाउँपालिका र नगरपालिकामा पार्टीका तर्फबाट उम्मेद्वारहरूको नाम सिफारिस गर्न निर्देशन गरेको छ ।

७७ वटै जिल्लामार्फत् ७५३ वटै स्थानीय तहमा परिपत्र गर्दै काँग्रेसले चार दिनभित्र उम्मेद्वारको नाम सिफारिस गरी पठाउन निर्देशन दिएको हो ।

कांग्रेसको विधानले वडाका विभिन्न पदका उम्मेदवारको नाम वडा कार्यसमिति र गाउँपालिका÷नगरपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवार सम्बन्धित गाउँ÷नगर कार्यसमितिबाट सर्वसम्मत भए एक जना, सर्वसम्मत नभए एक पदमा एक महिलासहित तीन जनाको नाम समावेश गरी सिफारिस गरेर पठाउनुपर्ने व्यवस्था छ ।

महानगरपालिकाको हकमा भने महानगर कार्यसमितिको सिफारिसमा प्रदेश कार्यसमितिको राय लिएर केन्द्रीय संसदीय समितिले उम्मेदवारको टुंगो लाग्ने बताईएको छ ।