राजनीति

सत्तारुढ दलहरुबीच गठबन्धन गरेरै अघि बढ्नुपर्ने मन्त्री यादवको भनाई


काठमाडौँ – भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले स्थानीय तह निर्वाचनमा सत्तारुढ दलहरुबीच गठबन्धन गरेरै अघि बढनुपर्ने अवस्था रहेको बताउनु भएको छ ।

जनता समाजवादी पार्टी, नेपालको नेतृ समेत रहनु भएकी मन्त्री यादवले स्थानीय तह निर्वाचनमा सबै ठाउँमा सत्तारुढ दलहरुबीच गठबन्धन नभएपनि ठाउँ हेरेर त्यसको निक्र्यौल हुने पनि स्पष्ट पार्नु भयो ।

आज जनकपुरमा विमानस्थलमा उहाँले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीसँग पनि तत्काल चुनावी गठबन्धन हुने अवस्था नरहेको स्पष्ट पार्नु भयो ।

मन्त्री यादवले राजनीतिमा हरेक सम्भावना हुने तर त्यो विचार, मन र नियत नमिल्दा सम्भव नहुने पनि दोहो¥याउनु भयो ।