Breaking

स्थानीय चुनावमा एमालेले जिते मुलुक दुर्घटनामा फस्छ: प्रचण्ड


काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमाले विजयी भए मुलुक दुर्घटनामा फस्ने बताउनुभएको छ ।

पेरिस डाँडामा कार्यकर्ता प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीका कारण मुलुक अहिले अप्ठेरोमा परेकाले भन्दै आगामी निर्वाचनमा एमालेलाई मत नदिन सर्वसाधरणलाई आग्रह गर्नुभयो ।

उहाँले माओवादी केन्द्रलाई विजयी गराए मात्र विकाशले गति लिने दाबी गर्नुभयो ।

यसैबीच माओवादी केन्द्रले आगामी स्थानीय तह निर्वाचनमा सकभर विगतका जनप्रतिनिधिलाई नदोहो¥याउने गरी उम्मेदवार छनौट र सिफारिस गर्ने मातहात पार्टी कमिटीलाई विशेष परिपत्र जारी गरेको छ ।