Breaking

‘ठ्याक्कै चुनाव अघि प्रधानमन्त्री भारत किन जानुभयो ?’


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणप्रति प्रश्न उठाएका छन् । शुक्रबार अनेरास्वयुको केन्द्रीय कमिटीको प्रथम बैठकमा उनले ठ्याक्कै चुनाव अगाडि भम्रणमा गएको भन्दै प्रश्न गरे ।

“प्रधानमन्त्रीजी विदेश जानुभएको छ । ठ्याक्कै चुनाव अगाडि ? किन जानुभयो कुन्नि ? आएपछि सोधौँला । यति समय जानुभएन । यतिबेलै किन जानुभयो ?,” ओलीले भने ।

देउवा तीन दिने भ्रमणका लागि आज भारत गएका छन् ।