Breaking

प्रधानमन्त्री देउवा नयाँ दिल्लीमा


काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवा तीनदिने भ्रमणका लागि भारतको राजधानी नयाँदिल्ली पुगेका छन् । प्रधानमन्त्री देउवा पत्नी आरजु देउवा, परराष्ट्रमन्त्री नारायण खड्का, स्वास्थ्यमन्त्री विरोध खतिवडा, ऊर्जामन्त्री पम्फा भुसाल र कृषिमन्त्री महेन्द्र राय यादवसहितको प्रतिनिधिमण्डलसहित नयाँदिल्ली ओर्लिएका हुन् ।

नेपाल एयरलाइन्सको विमानमार्फत दिल्ली पुगेका प्रधानमन्त्री देउवासहितका प्रतिनिधिमण्डललाई भारतका रक्षा तथा पर्यटनराज्यमन्त्री अजय भट्टले इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

देउवाको स्वागतमा राज्यमन्त्री भट्टसँगै भारतीय राजदूत विनयमोहन क्वात्रा र विदेश मन्त्रालयका नेपाल हेर्ने सहसचिव अनुराग श्रीवास्तव पनि विमानस्थल पुगेका थिए । साथै भारतका लागि भर्खरै नियुक्त भएका नेपालका राजदूत शंकर शर्मा पनि देउवाको स्वागतमा पुगेका थिए ।