देश

एमाले परित्याग गर्ने गाउँपालिका वडा अध्यक्षसहित चार जनप्रतिनिधि कारबाहीमा


काठमाडौँ — नेकपा एमाले पार्टी परित्याग गर्ने चार जनप्रतिनिधि कारबाहीमा परेका छन् । एक गाउँपालिका अध्यक्ष र तीन वडा सदस्यलाई एमालेले कारबाही गरेर पार्टीबाट निष्कासनको निर्णय गरेको हो ।

बलेफी गाउँपालिका, सिन्धुपाल्चोकका अध्यक्ष केदार खत्री क्षेत्रीलाई पार्टीबाट निष्काशन गरेको एमालेले तीन वडा सदस्यलाई पनि कारबाही गरेको छ । खत्री गत २४ फागुनमा एमाले परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेका थिए ।