देश

कमिसन बढाउन दबाब दिँदै व्यवसायीले उठाउन छाडे पेट्रोलियम पदार्थ


काठमाडौँ — व्यवसायीले शुक्रबार (आज) देखि सबै प्रकारका पेट्रोलियम पदार्थ उठाउन छाडेका छन । सरकारलाई कमिसन बढाउन दबाब दिँदै आजदेखि खाना पकाउने एलपी ग्यास, पेट्रोल र डिजेल उठाउन छाडेका हुन् । पेट्रोल र डिजेलको भाउ बढेपछि ढुवानी लागत बढेको भन्दै नेपाल आयल निगमले भाडा नबढाएको उनीहरूको आरोप छ ।

व्यवसायीले आज देखी पेट्रोलियम पदार्थको आयत र बिक्री बितरण पुर्णरुपमा रोकेको एलपी ग्यास उत्पादक एसोसिएसनका अध्यक्ष कुस मल्लीले जानकारी दिएका छन्। हाल नेपालमा दैनिक १ लाख सिलिन्डर ग्यास खपत हुँदै आएको छ । यसैगरी दैनिक ६ करोड लिटर डिजेल र पेट्रोल खपत हुँदै आएको छ ।