देश

काठमाडौं उपत्यकामा कार्यरत ट्राफिक प्रहरीले डिउटीको समयमा अनिवार्य डायरी र कलम बोक्नुपर्ने


काठमाडौँ — उपत्यकामा कार्यरत ट्राफिक प्रहरीले डिउटीको समयमा अनिवार्य रूपमा डायरी र कलम बोक्नुपर्ने भएको छ ।डिउटीमा खटिँदा हुने घटनाहरू तथा अन्य विवरणहरू सबै सम्झन नसक्ने तथा तत्काल भुल्न सक्ने भएकाले कार्यालय प्रयोजनमा काम लाग्ने तथा जानकारीमूलक विवरणहरूको सुरक्षित र उत्तरदायी अभिलेखीकरण गर्नका लागि टिउटीको समयमा अनिवार्य डायरी र कलम बोक्नुपर्ने भएको हो ।

अनिवार्य कलम र कापी साथमा बोक्नुपर्ने भएकाले आज बुधवार महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले एक कार्यक्रमको आयोजना गरी काठमाण्डौ उपत्यकामा कार्यरत झन्डै १६ सय ट्राफिक कर्मचारीलाई डायरी तथा कलम वितरण गर्नुभएको छ । डिउटीको समयमा सवारी दुर्घटनाहरूको टिपोट गर्न, दुर्घटना गरेर भागेका वा ट्राफिक नियम उल्लङ्घन गरेका सवारी साधनको नम्बर टिपोट गर्न, विभिन्न घटनाहरूको टिपोट गर्नका लागि डायरी र कलम दिएको जानकारी दिएका छन् ।