काठमाडौँ — नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले बिहीबार एसिया कप छनोट तेस्रो चरणको तयारीका लागि २४ सदस्यीय टिम घोषणा गरेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार अब टिमको बन्द प्रशिक्षण सुरु हुनेछ । घोषित टिममा विशाल राई रहेका छैनन् । चोटबाट मुक्त भएका नवयुग श्रेष्ठ र विकास खवासले भने टिममा पुर्नआगमन गरेका छन् । टिममा किरण कुमार लिम्बु (गोलकिपर), दीप कार्की (गोलकिपर), विशाल श्रेष्ठ (गोलकिपर)
अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, विकास खवास, विमल घर्तिमगर, दर्शन गुरुङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, मनिष डाँगी, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनील बल, सुरजज्यू ठकुरी, तेज तमाङ रहेका छन् । यस घोषणासँगै एएफसीकप प्रारम्भिक छनोट खेल्ने तयारीमा रहेका मछिन्द्रका खेलाडी पनि टिममा फर्केका छन् । एसियाकप छनोटको तेस्रो चरणमा नेपाल समूह ए मा रहेका छ र यसमा रहेका अन्य टिममा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् ।
प्रतिक्रिया