देश

राजश्व अनुसन्धान विभागले छापा मार्दा व्यवसायी आन्दोलित


काठमाडौँ — झापाको विर्तामोडस्थित एक पसलमा विभागले छापा हान्दा व्यवसायीहरु आन्दोलमा उत्रिएका छन् । राजश्व अनुसन्धान विभागको इटहरीस्थित कार्यालयले छापा हानेपछि व्यवसायी आन्दोलित बनेका हुन् ।

उनीहरुले विर्तामोडमा स्थित पूर्व–पश्चिम राजमार्ग अबरुद्ध पारेका छन् । उद्योग वाणिज्य संघ विर्तामोडका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले व्यवसायीलाई बन्दुक देखाएर आतंकित पार्ने काम भएकाले आन्दोलित हुनु परेको जानकारी दिएका छन् ।