Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

देश

क्रेनको ठक्करबाट छात्राको मृत्यु


काठमाडौँ — दुर्घटनामा स्थानीय नव जन जागरण माविकी छात्रा १७ वर्षकी सुमित्रा परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । नम्बर बिनाको क्रेनले स्थानीय नेमी चोक नजिक ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो । कक्षा ११ कि छात्रा परियार विद्यालयबाट साइकलमा घर फर्किँदै गर्दा दुर्घटना भएको हो । दुर्घटनापछि आक्रोशित स्थानीय बासिन्दाले क्रेनमा आगो लगाएका छन् । आगोले जलेर क्रेनको आधाभन्दा बढी भाग क्षतिग्रस्त भएको छ । सुरुमा सुमित्रालाई टाउकोमा सामान्य ठक्कर लागेको थियो ।

ठक्करबाट ढलेकी किशोरीलाई क्रेनका चालकले पुनः अर्को पटक ठक्कर दिएपछि उनको मृत्यु भएको आरोप पीडित पक्षको छ । घटनास्थलमा अहिले जन जागरण माविका विद्यार्थीहरुले नारा जुलुससहित विरोध प्रदर्शन गरिरहेका छन् । उनीहरुले मृतकको शव समेत घटनास्थलबाट उठाउन दिएका छैनन् । दुर्घटना हुँदा क्रेनमा रहेका चालकसहित ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।