देश

चुनावमा अप्रत्याशित परिणाम ल्याउँछौँ: राजेन्द्र लिङ्देन


काठमाडौँ — राजेन्द्र लिङ्देन राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा निर्वाचित भएसँगै उनको प्रतिस्पर्धी रहेका पूर्व अध्यक्ष कमल थापा पार्टी छाडेर हिँडे । तर लिङ्देन उनको बर्हिगमनलाई अस्वाभाविक मान्दैनन् । वैचारिक रूपमै फरक मत राखेपछि थापा राप्रपामै हुनुपर्थ्यो भन्ने अपेक्षा नै गलत भएको उनको तर्क छ ।

यो च्याप्टर क्लोज भइसकेपछि अब पार्टीको ध्यान स्थानीय निर्वाचनमा केन्द्रित गरिरहेको उनी बताउँछन् । पूर्वअध्यक्ष थापाले पार्टी छाडेर गए पनि पार्टीको संगठनमा खासै असर नपरेको उनको रिडिङ छ । शुभेच्छुकहरूले राप्रपाले स्थानीय चुनावमा तालमेललाई प्राथमिकता दिनुपर्दैन भनेर सुझावहरु दिइरहे पनि आवश्यकताअनुसार केही स्थानमा तालमेल हुन सक्ने उनी बताउँछन् । ‘पहिलेभन्दा धेरै सिट सङ्ख्या स्वाभाविक रूपमा राप्रपाले प्राप्त गर्छ ।