Breaking

सत्ता गठबन्धनको बैठक निष्कर्ष : स्थानीय निर्वाचनमा एकतावद्ध भएर जाने


काठमाडौँ — सत्तारुढ दलहरले स्थानीय तह चुनावमा एकतावद्ध भएर जाने निर्णय गरेका छन् । प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठकले चुनावमा मिलेर जाने सहमति गरेको हो ।

“स्थानीय निर्वाचनमा एकताबद्ध भएर जाने, महानगरको निर्णय माथिबाट, अन्य पालिकाका लागि तलै निर्णय गर्न सबै दलको संयन्त्र बनाउने सहमति भएको छ,” नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले भने, “बाँकी प्रक्रियाका विषयमा पुनः छलफल गरेर अगाडि बढ्ने समझदारी भएको छ ।”

प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण सकेर फर्किएपछि पुनः गठबन्धनको बैठक बस्ने बताइएको छ ।