Breaking

धोबीखोलामा नवजात शिशुको शव भेटियो


काठमाडौँ — धोबीखोला कोरिडोरमा एक नवजात शिशुको शव फेला परेको छ । धोबीखोलाको सेतो पुल नजिकै फोहोर फाल्ने ठाउँमा फोहोरसँगै शव भेटिएको हो ।

रातो पछ्यौराले छोपिएको अवस्थामा फोहोरको डंगुरमाथि नवजात शिशुको शव फेला परेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए ।