Breaking

माओवादीप्रति फेरि जनतामा आकर्षण बढेको छ : अध्यक्ष प्रचण्ड


काठमाडौँ — सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनतामा माओवादीप्रति फेरि आकर्षण बढेको दाबी गरेका छन् ।

चुनावी अभियानका क्रममा देशका विभिन्न स्थान घुम्ने क्रममा माओवादीप्रति पुनः नागरिककको आकर्षण बढ्दै गएको बताएका हुन् । बिहीबार काठमाडौँमा आयोजित रिपोर्टर्स क्लबको २४औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रचण्डले ‘माओवादीप्रति फेरि आकर्षण बढेको छ । यसो भनेर अहंकार गरेको छैन ।’ देशलाई संकट पर्दा माओवादीले जहिले पनि महत्वपूर्ण भूमिका खेलेको उनले बताए ।