Breaking

चार जिल्लाका सीडीओको सरुवा, को कहाँ ?


काठमाडौँ — गृह मन्त्रालयले चार जिल्लामा प्रमुख जिल्ला अधिकारी सरुवा गरेको छ ।
मन्त्रालयले बर्दिया, प्यूठान, अर्घाखाँची र कपिलवस्तुका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको हो । गृहमन्त्रालय स्रोतका अनुसार बर्दियामा बन्धुप्रसाद बास्तोला, प्यूठानमा सुनिता नेपाल, अर्घाखाँचीमा शशिधर घिमिरे र कपिलवस्तुमा धर्मेन्द्र कुमार मिश्रलाई सीडीओ बनाएर पठाइएको छ ।

यसअघि बर्दियामा सीडीओ रहेका सन्तबहादुर सुनारलाई कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा तानिएको छ । यसैगरी कपिलवस्तुका सीडीओ चक्रपाणि पाण्डे र प्यूठानका सीडीओ खिमराज भुसाललाई गृह मन्त्रालयमा तथा अर्घाखाँचीका सीडीओ हरि प्रसाद घिमिरेलाई राष्ट्रिय विपद प्राधिकरणमा तानिएको छ ।