Breaking

चुनावी तालमेलबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै


काठमाडौँ – आसन्न स्थानीय तहको चुनावमा तालमेल गर्ने बारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान साढे १० बजेका लागि बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आजको बैठकमा चुनावी तालमेलको मोडालिटीका विषयमा छलफल हुने जनाइएको छ ।

सत्तारुढ दलहरुले अबका तीनै वटा तहका चुनावमा गठबन्धन गर्ने भने पनि त्यसबारेमा कांग्रेस भित्र विवाद छ । कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्ष चुनावी गठबन्धनको पक्षमा छ ।

तर शेखर कोइराला पक्षले भने कांग्रेसले गठबन्धन नगरी एक्लै चुनाव लड्नु पर्ने बताउँदै आएको छ ।