काठमाडौँ — त्रिकोणात्मक टी–२० शृङ्खलाअन्तर्गत बिहीबार नेपालले आफ्नो तेस्रो खेलमा पपुवा न्युगिनी (पीएनजी) सँग खेल्दै छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल साढे १२ बजेबाट सुरु हुनेछ । यसअघि नेपालले पहिलो खेलमा पीएनजीमाथि १५ रनको जित हात पारेको थियो ।
शृङ्खलामा नेपालले २ खेल जितिसकेको छ भने पीएनजीले दुवै खेल हारेको छ । नेपालले बुधबार भएको खेलमा मलेसियामाथि ६ विकेटको जित हात पारेको थियो । नेपालले शनिबार मलेसियासँग खेल्नेछ ।
प्रतिक्रिया