Breaking

काठमाडौँको मेयरमा पूर्वप्रधानमन्त्री देखि महानायकसम्मको चर्चा,को–को छन् आकाक्षी ?


काठमाडाैँ – स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै विभिन्न स्थानीय तहमा विभिन्न पदका दाबेदारहरूको चर्चा सुरु भएको छ । धेरैको चासोको विषय रहने काठमाडौँ महानगरपालिकामा पनि पूर्वमन्त्री देखि कलाकारसम्मको चर्चा सुरु भएको छ ।

राजधानी शहरका कारण प्रभावशाली भूमिका हुने र अन्तर्राष्ट्रिय प्रतिष्ठाको विषय पनि हुने भएकाले काठमाडौं महानगपालिकाको मेयरमा सांसद भइसकेका नेताहरूले पनि आँखा लगाउन थालेका छन् । स्थानीय तहको निर्वाचन नजिकिँदै जादाँ दलहरुले लगभग चुनावी समिकरणबारे टुङगो लगाईसकेका छन भने उमेद्धारहरुको चर्चा पनि सुरु भएको छ ।

यहिबीचमा काठमाडौं महानगरपालिकाको मेयरका लागि समेत राजनीतिक दलका नेताहरूबीच आन्तरिक दौडधूप तीव्र बनेको छ । मेयरको उम्मेद्वारमा कलाकारदेखि पूर्व मन्त्री, मन्त्री तथा सांसदहरुको समेत चर्चा चलेको छ । केहि समय अघि जनता समाजवादी पार्टी नेपाल (जसपा) का संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले मेयरमा उठ्ने चर्चा चलेको थियो ।

चर्चापछि आफ्नो ट्वीटरमा लेख्दै उनले प्रधानमन्त्री भएको मान्छे मेयर बन्न गजबले मिल्ने भन्दै फ्रान्सका पूर्व प्रम एडवर्ड फिलिपको उदाहरण नै दिएका थिए । यद्दपी उनले आफ्नो मतदाता नामावली गोरखामा रहेकोले काठमाडौं महानगरमा उम्मेद्वारी दिने चर्चा रमाइलो रुपमा मात्र बुझ्न आग्रह गरेका थिए ।

त्यसैगरी यो दौडमा एमालेबाट पूर्व शहरी राज्यमन्त्री रामबीर मानन्धर, वागमती प्रदेशका पूर्वमन्त्री तथा काठमाडौँ महानगरका पूर्व मेयर केशव स्थापीतको नाम पनि चर्चामा छ । काठमाडौं महानगरपालिकामा मुख्य गरी नेपाली कांग्रेस र नेकपा एमालेको बीचमा प्रतिस्पर्धा हुने देखिन्छ । अघिल्लो निर्वाचनको मत परिणाम हेर्दा, चार दलको गठबन्धन बन्दा पनि कांग्रेस र एमाले नै काठमाडौं महानगरका मुख्य प्रतिस्पर्धी हुन् ।

सत्ता सञ्चालन गरिरहेका पाँच दल गठबन्धनमा जाने निर्णय भएसँगै एमाले दवावमा देखिएको छ । फलत ः युद्धस्तरमा लागेको एमालेले महानायक राजेश हमाललाई समेत मेयरमा फकाउने चेष्टा गरेको चर्चा चलिरहेको छ । यहि चर्चाका बीच वहालवाला मेयर तथा एमाले नेता विद्याशुन्दर शाक्य पनि आकाक्षी देखिएका छन ।

आफ्नो कार्यकालमा गतिलो पफर्मेन्स देखाउन नसकेका उनले पार्टीले टिकट दिए मेयरमा उम्मेदवार बन्ने रूचि सार्वजनिक रूपमा व्यक्त गरिसकेका छन् । यता कांग्रेबाट पूर्वमन्त्री भिमसेन दासको समेत चर्चा चलिरहदाँ वर्तमान उपमेयर हरिप्रभा खड्गीले पनि आकंक्षा देखाएकी छिन ।

त्यस्तै पेसाले आर्किटेक इन्जिनियर तथा नेपाली काँग्रेस काठमाडौँ महानगरपालिका समितिका सचिव सुसन वैद्यले पनि टिकटका लागि लविङ थालेका छन । वडा नम्बर १६ का अध्यक्ष रहेका मुकुन्द रिजाल तथा वडा नम्बर २० का अध्यक्ष तथा कलाकार नीलकाजी शाक्य पनि मेयरको टिकट हात पार्न लागिरहेको कांग्रेस वृत्तमा चर्चा छ ।

नविन्द्रराज जोशीको निधनपछि राजनीतिमा सक्रिय उनकी श्रीमती सपना जोशी पनि आंकक्षी देखिदाँ जोशीकै भाई तथा गत चुनावमा कांग्रेसबाट मेयरको उम्मेदवार भएका राजुराज जोशी पनि पार्टीले टिकट दिए उम्मेदवार बन्ने पक्षमा रहेका छन ।

यो दौडमा प्रकाशमान सिंहकी श्रीमती सिर्जना सिंह तथा पूर्व मेयर पिएल सिंहका भाई इन्द्रलाल सिंहले पनि दाबी गरिरहेका छन् । मेयरको टिकटको दौडमा माओवादीका तर्फबाट खासै चर्चा नहुदा एकीकृत समाजवादीबाट जीवनराम श्रेष्ठको चर्चा छ ।

त्यस्तै दलगत रुपमा नेपाल प्रहरीका पूर्वडीआईजी तथा सुशासन पार्टी अध्यक्ष रमेश खरेलले पनि काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेवारी दिनेबारे छलफलमा छन् । यता स्वतन्त्रतर्फ र्यापर वालेन शाहले पनि उमेद्धारी दिने घोषणा गरेका छन भने उनको चर्चा पनि व्यापक देखिएको छ ।

त्यस्तै सन् २०११ की मिस नेवाः तथा रञ्जना लिपिलाई अन्तर्राष्ट्रिय रूपमा चिनाउने र स्थापित गर्ने अभियानमा सक्रिय सुनिता डंगोलले आगामी निर्वाचनमा काठमाडौँ महानगरको मेयर हुने दौडमा छिन ।