काठमाडौँ — नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले आगामी स्थानीय निर्वाचनमा सत्तारुढ दलहरुबीच गठबन्धन हुनु मुलुक र प्रजातन्त्रका लागि अपरिहार्य भएको बताएकी छन् । केपी ओली नेतृत्वको सरकार हटाउन गठबन्धन नै आवश्यक परेकाले चुनावमा पनि गठबन्धन आवश्यक रहेको उनको तर्क थियो ।उनले भनेकी थिइन्, हिजो केपी शर्मा ओलीको सरकार विस्थापित गर्न यही गठबन्धन चाहिएको थियो । आज आफ्नो शक्ति बलियो भयो भन्दैमा कांग्रेसले सहमति, सहकार्य र एकता टुट्न दिन हुँदैन ।
यस्तै पार्टीको १४औं महाधिवेशनमा आफ्नै दाजु शेखर कोइरालालाई समर्थन नगरेर सभापति शेरबहादुर देउवालाई समर्थन गर्नु आफ्नो सिद्धान्त भएको उनले बताएकी छन् । शेखरलाई छाडेर शेरबहादुरलाई समर्थन गर्नु मेरो सिद्धान्त हो, कोइरालाले बुधबार विराटनगरस्थित आफ्नो निवासमा सञ्चारकर्मीहरूसँग भनिन् मैले शेखर दालाई समर्थन गरेको भए पनि उनले जित्ने स्थिति थिएन । म शेखर दाुलाई नेता मान्छु । तर मैले महाधिवेशनमा उनलाई समर्थन गर्नुपर्ने औचित्य ठानिनँ । यसबारे म थप केही बोल्दिनँ र बोल्न जरुरी पनि ठान्दिनँ ।
अघिल्लो निर्वाचनमा आफू अस्वस्थ भएकाले उम्मेदवार बन्न नसकेको तर आगामी संघीय निर्वाचनमा मोरङ क्षेत्र नं २ बाट उम्मेदवारी दिने पनि कोइरालाले घोषणा गरिन् । तत्कालीन मोरङ क्षेत्र नं १ हालको २ बाट गिरिजाप्रसाद कोइराला तीन पटक संसदीय निर्वाचनमा विजयी भएका थिए । पछिल्लो पटक संघीय निर्वाचनमा भने केन्द्रीय सदस्य मिनेन्द्र रिजाल सोही क्षेत्रबाट विजयी भएका थिए ।


प्रतिक्रिया