Breaking

लोसपाले सुरु गर्याे चुनाव केन्द्रीत छलफल


काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को केन्द्रिय कार्यकारिणी समितिको बैठकमा स्थानीय तहको निर्वाचनमा अपनाउने रणनीतिबारे छलफल सुरु गरेको छ ।

बुधवार पार्टी कार्यालय बबर महलमा बसेको समितिको बैठकमा स्थानीय तहको निर्वाचन र निर्वाचन आयोगले परिमार्जन गर्न भनेको विषयमा छलफल भएको हो ।

बैठकपछि बोल्दै लोसपाका नेता लक्ष्मणलाल कर्णले समितिको बैठकमा नेताहरुले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका बारेमा आफ्नो मत राखेको बताउनु भयो ।

उहाँले नेताहरुले बोल्ने क्रम नसकिएकोले भोलि पनि बोल्ने प्रक्रिया जारी रहने बताउनु भयो ।

लोसपाको केन्द्रिय कार्यकारिणी समितिको बैठक बिहीवार १ बजे बस्नेछ ।