काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज नेप्से साताको कारोबारको चौथो दिन आज दोहोरो अंकले बढेको छ । आज नेप्से ४०.६८ अंकले बढेर दुई हजार ५ सय ६८ दशमलब २५ विन्दुमा पुगेको हो ।
मंगलबार नेप्से १४.२६ अंकले घटेर दुई हजार ५ सय २७ दशमलब ५८ विन्दुमा रोकिएको थियो । त्यस्तै, आज कारोबार रकममा पनि सामान्य वृद्धि भएको छ ।
आज २ अर्ब २५ करोड एक लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार एक अर्ब ७५ करोड ६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
प्रतिक्रिया