काठमाडौँ — खैबर पख्तूख्वाह पाकिस्ताको पश्चिमी जिल्लाकी डेरा इस्माइल खानमा एक मदरसाबाहिर तीन महिलाले एक शिक्षिकाको हत्या गरेका छन् । शिक्षिका पढाउन आएका बेला उनको हत्या गरिएको हो । यो घटना मंगलबार विहान डेरा इस्माइल खानको क्षेत्रको अन्जुमाबादमा भएको थियो । यसपछि प्रहरीले तीन महिला अभियुक्तलाई गिरफ्तार गरेर अनुसन्धान सुरु गरेका छन् । पीडितका काकाको उजुरीपछि दर्ता गरिएको मुद्दाको सुरुवाती रिपोर्टका अनुसार यो घटना मंगलबार बिहान ७ बजे भएको थियो ।
पीडितका काकाले प्रहरीलाई दिएको बयानमा भतिजी पढाउने मदरसाका सञ्चालकले बिहान उनलाई बोलाएर मदरसाको गेटमा ज्यान जानेगरी आक्रमण गरेको बताए । प्रारम्भिक अनुसन्धानमा हत्या गर्ने महिलाका अर्का आफन्तले पीडित शिक्षकले ईश्वरको निन्दा ९ईशनिन्दा० गरेको सपनामा दखेका थिए जसका कारण हत्या गरेको खुलेको छ । तर मदरसाका प्रबन्धक मौलाना शफिउल्लाहले कुनै पनि प्रकारको ईशनिन्दा नभएको जिकिर गरेका छन् । प्रहरी अधिकारीले बीबीसीसँगको कुराकानीमा पीडितका पिता र भाइ विदेशमा बस्ने भएकोले उनका काकाले प्रहरीलाई बयान दिएको बताएका छन् । एजेन्सी


प्रतिक्रिया