Breaking

एमालेबाहेक अरु सबै दल लोभी–पापी भएको ओलीको जिकिर


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालका कुनै पनि पार्टीले एक्लै एमालेसँग लड्ने आँट गर्न नसक्ने बताउनुभएको छ ।

सरकारमा रहेका दलहरूले त्यही सोचेर एमालेविरुद्ध गठबन्धन बनाउने अवस्थामा पुगेको उहाँको दाबी छ । प

ाँचवटा दलहरू मिलेर चुनावमा आउँदा एमालेलाई झन सहज हुने उहाँले बताउनुभयो । सत्ता गठबन्धनका दलहरूले गठबन्धन गर्ने भने पनि सजिलो भने नरहेको अध्यक्ष ओलीको जिकिर छ ।

गठबन्धनका दलहरु सबै लोभीपापी रहेकोले भागवण्डा नमिलेर गठबन्धन जोगाउन गाह्रो हुने ओलीको भनाइ छ ।